०९ असार २०८३, मंगलबार

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रिट

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रिट

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । 

आइतवार बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

कोषको ऐनमा भएका केही बुँदामा असहमति जनाउँदै आन्दोलनरत बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीले आइतबार रिट दर्ता गराएका हुन् ।

कोषले संगठित क्षेत्रका संघ-संस्थामा आवद्ध सबै रोजगारदातालाई असार मसान्तभित्र आवद्ध भई योगदान शुरु गर्न भनेको छ । दिइएको अल्टिमेटममा सबैलाई आवद्ध गराउनका लागि कोषले विभिन्न प्रकारको डर र त्रास देखाएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

'हामीमाथि निकै ठूलो अन्याय गर्न खोजियो, हाम्रो मागमा उनीहरूले सुनेनन्, त्यसैले अदालत गुहारेका छौं,' वित्तीय क्षेत्रका कर्मचारी संघका एक कर्मचारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्