०१ असार २०८३, सोमबार

ताइवानको विषयमा आक्रामक चीन, थर्कायो अमेरिकालाई

असार २०, २०७८
ताइवानको विषयमा आक्रामक चीन, थर्कायो अमेरिकालाई

ताइवानको विषयमा आक्रामक बनेको चीनले अमेरिकालाई थर्काएको छ । 

उसले अप्रत्यक्ष रूपमा युद्धको धम्की समेत दिएको छ । 

चीनका परराष्ट्रमन्त्री वाङ यीले ताइवान चिनियाँ मुख्यभूमिको एक अंग भएको र अमेरिकाले त्यसमा हस्तक्षेप गरेर खतरा मोलेको बताए । 
 

वाङले अमेरिका तथा सहयोगी देशले चीनविरुद्ध योजना बनाइरहेको भन्दै आलोचना गरे । अमेरिका तथा सहयोगी देशहरूको शीतयुद्ध मानसिकताले जीत हासिल नहुने, सपना मात्र देखिने उनले बताए । 

चीनको रक्षा मन्त्रालयले केही दिनअघि अमेरिकालाई ताइवानसँग सैन्य सम्पर्क बढाउने कामका विरुद्ध चेतावनी दिएको थियो । मन्त्रालयका प्रवक्ता रेन क्वोच्याङले ताइवानमा विदेशी हस्तक्षेपलाई चीनले विरोध गर्ने बताए । जी७ मुलुकको बैठकमा ताइवानको कुरा उठाइँदा पनि चीनले विरोध गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्