असार ११ गतेदेखि बेपत्ता चितवनबाट हराएकी २६ बर्षीया सुजता भण्डारीको शव फेला परेको छ ।
चितवनको राप्ती नगरपालिका–३ को ब्रम्हश्थानी सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
‘जंगलमा सडेको अवस्थामा शव फेला परेको छ । सुजाताका परिवारले आफ्नो छोरी भएको बताउनु भएको छ तर अहिलेसम्म एकिन पुष्टि भने भैसकेको छैन्', जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थपाले लोकान्तरसँग भने,‘अहिले हामी घटनास्थलमै छौं शव उठाउने कार्य भइरहेको छ ।’
अहिले फरेन्सीकको टोली, तालिम प्राप्त कुकुर लगायत प्रहरीले घटनाको अनुसन्धान गरिरहेका छन् । भने शव उठाउने कार्य भइरहेको छ ।
सुजाताको शव सामुदायिक वनको जंगलको झाडीमा भेटिएको छ । सुजता असार ११ गते विहान ६ बजे साथीको घरमा जाने भन्दै हिँडेकी थिइन् ।
सुजाताले आफ्नी दिदीलाई फोन गरेर आफुलाई ३ जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । त्यस लगत्तै उनको परिवारले प्रहरीमा उजुरी दिएको थियो ।
केन्द्रिय अनुसन्धान व्यूरो (सीबीआई) सहितको टोलीले कलडिटेल, एसएमएस, उनको सामाजिक सञ्जालहरुको अनुसन्धान गरेको थियो ।