२९ जेठ २०८३, शुक्रबार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

हाल देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ भने दक्षिणि भूभाग नजिक  मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
जसका कारण अहिले देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली भएको छ भने प्रदेश १ का केही स्थानहरुमा मध्यम वर्षा भईरहेको छ। यस्तै श २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा हल्का वर्षा भईरहेको छ।

यसैगरी आज दिनभर प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली महाशाखाको पूर्वानुमान रहेको छ । 
यसैगरी प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र लुम्बिनी  प्रदेश, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

कमेन्ट गर्नुहोस्