०९ असार २०८३, मंगलबार

बाख्रापालनबाट आम्दानी गर्दै दाङका किसान

असार २१, २०७८
बाख्रापालनबाट आम्दानी गर्दै दाङका किसान
प्रतिकात्मक तस्वीर

व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हुँदै आएको छ ।

सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रूपमा बाख्रापालन फस्टाएको छ ।

अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् ।  

घोराही उपमहानगरपालिका–१ निवासी सुमन थापाले ४ वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन शुरू गरेका हुन् । विदेशमा दुःख, कष्ट सहेर काम गर्दा सोचेजस्तो सफलता हात नपरेका र राम्रो कमाइ गरेका पनि नेपालमा आएर व्यावसायिक रूपमा बाख्रापालनमा आकर्षण भएका छन् ।

थापाले घर खर्चको लागि पालेका २ बाख्राबाट अहिले २१ वटा भएका छन् ।

उनले ५० वटा अट्ने एउटा खोर बनाएका छन् । खर्च कटाएर वार्षिक ४ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । ४ वर्ष मलेसिया बसें त्यहाँ केही फाइदा नदेखेपछि घर पर्केर बाख्रा पाल्न शुरू गरेको हुँ,’ थापा भन्छन्, ‘२० हजारको लगानीमा ४ पाठीबाट शुरू गरेको व्यवसाय अहिले १० वटा पाठापाठी दिने माउ, १२ वटा पाठापाठी र २ वटा बोका छन् ।’

२ महिनाका पाठापाठी १० हजार रुपैयाँका दरले बिक्री हुने गरेका छन् । खर्च कटाएर ३ लाख वार्षिक आम्दानी हुने गरेको उनको भनाइ छ । यसपालि घोराही उपमहानगरको कृषि शाखाले बोयर जातको बोका दिएकाले क्रस पाठापाठी भयो भने आम्दानी अझै राम्रो हुने थापाको विश्वास छ ।

घोराही–१ सिमलतारा निर्मला सेनपुनलाई आमाले २ पाठी दिएकी थिएन् । तिनै बाख्रा पाल्दै जाँदा अहिले ११ वटा भएका छन् । ३ वर्षदेखि बाख्रापालन गर्दै आएकी सेनलाई घोराही उपमहानगरपालिले कृषि शाखाले ४ माउ बाख्रा दिएपछि उनी धेरै खुशी भएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्