
पछिल्लो २४ घण्टामा दुई हजार ६२२ संक्रमित थपिएका छन् । ११ हजार ५२७ (पीसीआर ७४९९, एन्टिजेन ४०२८) नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये एक हजार ७४५ पीसीआर र ८७७ नमूना एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएको हो ।
हालसम्म नेपालमा ६ लाख ४६ हजार ३६७ जना पीसीआर र ३८ हजार ९९४ जना एन्टिजेन परीक्षण पोजिटिभ आएको छ ।
कोभिड–१९ बाट थप २३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ ।
दुई हजार २११ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ ।