०५ असार २०८३, शुक्रबार

एमालेमा सहमति जुटाउन पुरानो कार्यदल सक्रिय, भीम रावलसहित बैठक बस्दै

एमालेमा सहमति जुटाउन पुरानो कार्यदल सक्रिय, भीम रावलसहित बैठक बस्दै

नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि पुराना कार्यदल सक्रिय हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतवार राति उपाध्यक्ष भीम रावलले भेटेपछि सोमवार कार्यदलको बैठक बस्न लागेको छ ।

अर्थ मन्त्रालययमा बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान र सहमतिबारे छलफल हुने कार्यदलका एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।

कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली तथा नेता माधवकुमार नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्