×

NMB BANK
NIC ASIA

माथिल्लो तामाकोशी : मुलुकका लागि ‘गेमचेञ्जर’ आयोजना

असार २१, २०७८

NTC
Premier Steels

कूूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि मुलुकको अर्थतन्त्रमा के कस्तो प्रभाव पर्ला भन्ने आम मानिसको चासो रहेको छ ।

Muktinath Bank

 सोही चासोलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, “मुलुकको आर्थिक वृद्धिमा तामाकोशीले एक प्रतिशत बराबरको योगदान दिन्छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऊर्जा क्षेत्रका जानकारका अनुसार एक युनिट बिजुलीले झण्डै रु ९० देखि रु १०० बराबरको प्रभाव पार्दछ । अर्थतन्त्रको विकास र विस्तारका लागि ऊर्जा आफैँमा महत्वपूर्ण स्रोत हो । यही स्रोतलाई आत्मसात् गर्दै अर्थमन्त्री पौडेलले तामाकोशीले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा चर्चा गरे ।


Advertisment
Nabil box
Kumari

झण्डै ११ वर्षमा आयोजना सम्पन्न भए पनि आगामी दिनमा यसले राष्ट्रिय रुपमा पार्ने सकारात्मक प्रभाव आफैँमा महत्वपूर्ण रहेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरमा भएको वृद्धि, प्राकृतिक विपद् तथा सीमा नाकामा भएको अवरोधलगायतका कारणले आयोजना तोकिएको समयमा पूरा हुन सकेन ।
शुरुआती तालिकाअनुसार २०७२ असारमा सम्पन्न हुनुपर्ने आयोजना अनेकन कारणले ढिला भए । समय र लागत बढ्दा आयोजनाले दिने प्रतिफलसमेत कम हुने हो कि भन्ने आशंका नीति निर्माता तथा आम लगानीकर्तामा देखा प¥यो ।

Vianet communication

नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने यो आयोजनालाई ‘गेम चेञ्जर’ आयोजनाका रुपमा लिइन्छ । किनकी, नेपाली स्रोत र साधन प्रयोग गरेर निर्माण गरिएको हालसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोशी नै हो । बिजुली बढी माग हुने समयमा कूल क्षमताअनुसार नै सञ्चालन गर्न सकिने यसको अर्को विशेषता हो ।

नेपालले ठूला परियोजना आफँै निर्माण गर्न सक्छ भन्ने आत्मविश्वास पैदा गर्न सो आयोजना सफल भएको छ । अर्थमन्त्री पौडेलका अनुसार माथिल्लो तामाकोशीले नेपालको जलविद्युत् विकासको इतिहासमा कोशेढुङ्गा गाडन सफल भएको छ । नेपाली पूँजीबाट निर्माण भएको आयोजनाको आफ्नै प्रकारको विशेषता रहेको उल्लेख गर्दै उनले यसले महत्वपूर्ण उपलब्धि दिँदै जाने विश्वास व्यक्त गरे ।

मुलुकको आर्थिक विकास तथा औद्योगिक उत्पादनका लागि समेत आयोजना महत्वपूर्ण रहेको स्पष्ट पार्दै उनले मुलुकभित्र भरपर्दो बिजुली प्रवाह गर्न यसले प्रत्यक्ष योगदान गर्ने बताए । आयोजना नेपालका लागि आफैँमा एउटा महत्वपूर्ण पाठशाला भएको टिप्पणी गर्दै यसबाट प्राप्त भएका सकारात्मक र नकारात्मक दुवै विषयबाट शिक्षा लिएर आगामी दिनमा ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने उनको भनाइ छ ।

उनले भने, “आयोजना सम्पन्न गरेर ऊर्जा क्षेत्रको विकासमा नयाँ फड्को हासिल गरेका छौ, आगामी दिनमा अझै नयाँ नयाँ कीर्तिमानी कायम गर्दै अगाडि बढ्नुपर्छ ।” विसं २०६७ मा मुख्य सिभिल निर्माण कार्य शुरु गरिएको आयोजनाको २०६८ जेठ ४ गते शिलान्यास गरिएको थियो । शिलान्यासदेखि आजका दिनसम्म आइपुग्न आयोजनाले अनेकन हण्डर र ठक्कर झेल्नुपरेको छ ।

    ‘गोरखा भूकम्प’ नै माथिल्लो तामाकोशीका लागि सबैभन्दा ठूलो समस्याका रुपमा देखाप¥यो । पहुँचमार्ग नै भत्कियो । लागत बढ्यो । शुरुमा २०७२ असारमै सम्पन्न गर्ने योजना रह पनि अनेकन कारणले गर्दा झण्डै छ वर्षपछि आयोजना बिजुली बाल्ने अवस्थामा आइपुगेको छ ।

राष्ट्रिय गौरवका परियोजनामध्ये मेलम्ची खानेपानी आयोजनापछि निर्माण सम्पन्न हुने दोस्रो परियोजनाका रुपमा यो रहेको छ । झण्डै रुग्ण अवस्थामा पुगेको आयोजनालाई नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मेहनत गरेर एउटा लयमा ल्याएका हुन् ।

प्राकृतिक विपत्ति तथा कोरोना महामारी जस्ता कारणले आयोजनामा ढिलाइ भएको उनको अनुभव छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार माथिल्ल्लो तामाकोशीले देखाएको बाटो पहिल्याएर नेपालको जल विद्युत् क्षेत्रको विकास र विस्तारमा लाग्नुपर्ने छ ।

कार्यकारी निर्देशक शाक्यले कूल ४०० मेगावाट वरपरका बेतन कर्णाली जस्ता आयोजना स्वेदशी ढाँचा, लगानी र इञ्जिनीयरिङ तथा व्यवस्थापनबाट नै गर्न सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको आयोजनामा कूल छ युनिट छन् । त्यसमध्ये आज एउटा युनिट सञ्चालनमा आएको हो । बाँकी पाँच युनिट आगामी भदौभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । एउटा युनिटले ७६ मेगावाट बिजुली उत्पादन गर्दछ ।

नेपालमा जलविद्युत् इतिहासको झण्डै ११० वर्षे कालखण्डमा हालसम्मकै ठूलो क्षमताको आयोजना सञ्चालनमा आएको हो । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा आयोजनाको बाँध र गोगरमा विद्युत् गृह रहेको छ ।

आयोजनाबाट दुई अर्ब २८ करोड युनिट वार्षिक विद्युत् उत्पादन हुनेछ । आयोजनामा ८.४५ किलोमिटर लामो मुख्य सुरुङ र एक हजार १६५ मिटर लामो पेनस्टक निर्माण गरिएको छ । यस आयोजनाको सम्भाव्यता अध्ययन तथा पहुँचमार्ग विस्तृत अध्ययन डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणले विसं २०५७ देखि २०६० मा गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x