२४ जेठ २०८३, आइतबार

इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

असार २१, २०७८
इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण दिनप्रति दिन बढ्दै गइरहेको पाइएको छ ।

इजरायली शिक्षा मन्त्रालयसमेत विद्यार्थीहरुलाई चिनियाँ भाषा अध्ययनका लागि प्रेरित गर्ने गरेको जनाइएको छ ।

विश्व बजारमा चिनियाँ प्रभाव बढ्दै गइरहेकाले चिनियाँ भाषा उपयोगी र प्रभावकारी हुने देखिएकाले चिनियाँ भाषा सिक्न प्रेरित गर्ने गरिएको इजरायली अधिकारीहरुको भनाइ छ ।

इजरायलमा सन् २००९ बाट राष्ट्रिय पाठ्यक्रममा चिनियाँ भाषालाई समावेश गरिएको थियो । त्यसपछि लगातार यो पाठ्यक्रम लोकप्रिय हुदै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्