२६ जेठ २०८३, मंगलबार

फिलिपिन्सको मरावी शहरको एउटा घरमा भेटियो लाखौं पेसो, केन्द्रीय बैंकले मूल्यांकन गर्दै

कात्तिक २०, २०७४
फिलिपिन्सको मरावी शहरको एउटा घरमा भेटियो लाखौं पेसो, केन्द्रीय बैंकले मूल्यांकन गर्दै

काठमाडौं, २४ जेठ — फिलिपिन्सको मरावी शहरमा आतंकवादी माउटे समूहले आक्रमण गरेपछि सरकारी सेनाले शहरलाई मुक्त गर्ने कोशिश गरिरहेको छ । यस क्रममा सेनाले मरावीको एक घरमा दुई करोड ७० लाख पेसो बराबरको चेक फेला परेको थियो ।


यी चेकहरूलाई के गर्ने भन्ने विषयमा फिलिपिन्सको केन्द्रीय बैंकका एक अधिकारीले विस्तृत टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

केन्द्रीय बैंकका उपगभर्नर नेस्टोर एस्पेनिला जुनियरले यस विषयमा निगरानी गरिरहने संवाददाताहरूलाई बताएका छन् ।

दुई करोड २७ लाख बराबरको चेकका अतिरिक्त सरकारी सेनाले कम्तीमा पाँच करोड २२ लाख पेसो हार्ड क्याश पनि फेला पारेका थिए ।

चेकको स्रोत परीक्षण गर्नका लागि कुनै चिह्नहरू छन् कि भनी केन्द्रीय बैंकले हेर्ने एस्पेनिलाले बताए ।

‘पहिला त सबुतप्रमाण हेर्नुप–यो । हामीसँग यो हेर्नका लागि विज्ञहरू छन्,’ उनले भने ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले माउटेलाई गैरकानूनी लागूऔषध व्यापारीले लगानी गरेको दाबी गरेका थिए ।

एस्पेनिलाले यसमाथि टिप्पणी गर्न मानेनन् किनकि एउटा घरमा यत्ति ठूलो रकम भेटिएपनि घरमालिकको बारेमा पत्ता लगाउन गाह्रो छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्