०७ असार २०८३, आइतबार

निर्वाचन आयोगमा जसपा नेताले भने– हामीहरू मिल्न सहमत नभएकाले अब नियमानुसार गर्नू

निर्वाचन आयोगमा जसपा नेताले भने– हामीहरू मिल्न सहमत नभएकाले अब नियमानुसार गर्नू

जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले आफूहरू मिलेर जान नसक्ने भन्दै नियमानुसार गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

आयोगमा मंगलवार भएको छलफलपछि नेता अनिल झाले आफूहरू मिलेर जान नसक्ने कुरा आयोगसमक्ष बताएको जानकारी दिए ।

'माइन्युटको लास्टमा लेखिएको छ, हामीहरू मिल्न सहमत नभएकाले अब नियमानुसार जाने,' नेता झाले सञ्चारकर्मीहरूसँग भने ।​

‘आयोगमा हामीले छुट्टिने सहमति गर्‍यौं, कसरी छुट्टिने भन्नेबारे आयोगले निर्णय गर्ला,’ झाले थपे ।

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव र यादव पक्षले ठाकुर पक्षका नेताहरूमाथि कारवाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएका थिए ।

दुवै पक्षले गरेको कारवाही प्रक्रियासम्मत नभएको भन्दै आयोगले जसपाको दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । 

२०७७ वैशाख १२ गते तत्कालीन संघीय समाजवादी फोरम र जनता पार्टी मिलेर जसपा बनेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उपेन्द्र पक्षले हस्ताक्षर गरेपछि जसपा विभाजनउन्मुख भएको थियो ।

कमेन्ट गर्नुहोस्