०१ असार २०८३, सोमबार

कोशी राजमार्गमा माम्लिङ–पिलुवा खोला सडक अवरुद्ध

असार २२, २०७८
कोशी राजमार्गमा माम्लिङ–पिलुवा खोला सडक अवरुद्ध
प्रतिकात्मक तस्वीर

कोशी राजमार्गअन्तर्गत संखुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुंगा सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

सोमवार धर्मदेवी नगरपालिकाको छुमाङ भीरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।

१ हप्ता लामो झरीपछि गएको पहिराले सडकमा ठूल्ठूला ढुंगा सहितको माटो खसेको डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठले बताए । सडकखण्डमा यातायातका साधन एकतर्फी खुलाउने प्रयास भइरहेको छ ।

श्रेष्ठका अनुसार ढुंगा खसेको सडकभन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ । पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन् ।

पहिरोले खाँदबारी किमाथांका सडकअन्तर्गत मकालु गाउँपालिकाको दोभान खण्डमा पनि पहिराले सडक अवरुद्ध पारेको छ । दोभानबाट हेदांनातर्फ जाने सडकमा पहिरो खसेको हो ।

सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट १ घर पुरिएको छ । आइतवार राति अविरल वर्षासँगै आएको पहिराले घरमा क्षति पुग्नाका साथै ८० वर्षीय छत्तीसकुमार राई घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले जानकारी दिए ।

आइतवार राति १ बजेतिर घरमाथिबाट आएको पहिरोले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

पहिरोबाट छत्तीसकुमारकी पत्नी सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले बताए । त्यस क्षेत्रमा ३ दिनदेखि लगातार वर्षा भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्