जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लसको फ्याक्ट्रीको उद्घाटन भएको छ ।
जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता)को फ्याक्ट्री उद्घाटन गरेका हुन् ।
उक्त अत्याधुनिक प्रविधि युक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ ।
यस सिआरएम मिलको जटिल डिजाईन, जडान कार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राद्वारा गरिएको हो । जो ग्याल्भालुम् तथा कलर कोटिङ्घ उत्पादन प्रविधिमा विज्ञ हन् ।
जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्तापाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समय यता जानकारी दिँदै आएको थियो ।
जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कम्पनीको दावी छ ।
विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो ।
नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युम लाईन प्रविधिबाट उत्पादन हुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्तापाताको तुुलनामा अत्याधिक मजबुत र टिकाउ हुने कम्पनीको दावी छ ।