१० असार २०८३, बुधबार

टिसीएलको नयाँ वासिङ मेसिन नेपाली बजारमा, यस्ता छन् विशेषता

टिसीएलको नयाँ वासिङ मेसिन नेपाली बजारमा, यस्ता छन् विशेषता

टिसियल ब्राण्डको नयाँ वासिङ मसिन नेपाली बजारमा सार्वजनिक भएको छ ।

चौधरी ग्रुपअन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्राइभेट लिमिटेडले टिसियलको नयाँ वासिङ मसिन नेपाली बजारमा ल्याएको हो ।

विशेषतः फ्रन्ट लोडिङ्ग मोडलमा उपलब्ध टिसियलका वासिङ्ग मेशिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरु पनि रहेका छन् ।

फ्रन्ट लोडिङ्ग वासिङ्ग मेशिनमा अधिक–हाई तापक्रममा स्टेरलाईज गर्ने र कम पानीमै धेरै लुगा धुन मिल्ने क्षमता रहेको छ । 

त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको अवधि भित्रै लुगा धुन मिल्ने यस वासिङ्ग मेशिनमा लुगा घट्ने वा खुम्चिने समस्या पनि नआउने बताइएको छ ।

बीएलडीसी मोटर जडित, यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेण्टी र ५ वर्षको पीसीबी वारेण्टी रहेको छ । 

पी सिरिज मोडलमा उपलब्ध टिसियलका वासिङ्ग मेशिनहरु ८ केजी र १० केजीका मोडलहरुमा उपलब्ध छन् । 

१४०० आरपीएम ड्रममा एलईडी लाइट युक्त, एलईडी टच प्यानल, २४ आवर डिले लगायतका विशेषता रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्