१० असार २०८३, बुधबार

जोरबिजोर प्रणाली हटाइए पनि सडकमा देखिएन सवारीसाधनको चाप

असार २२, २०७८
जोरबिजोर प्रणाली हटाइए पनि सडकमा देखिएन सवारीसाधनको चाप
प्रतिकात्मक तस्वीर

काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमवारभन्दा बढी चहलपहल देखिएको छैन ।

सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी मंगलवारदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारीसाधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि २ दिनसम्म उपत्यका बाहिर जानेका लागि समय दिइएकाले चालक, परिचालकलगायत धेरै मानिस स्थायी निवासतिर लागेका थिए ।

विक्रम संवत् २०७६ चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी गरिएको बन्दाबन्दीका क्रममा बाहिर जाने समय नदिँदा धेरै मानिस अलपत्र बनेका थिए । काठमाडौं उपत्यकामा मजदूरलाई जीवन धान्न पनि धौधौ परेको थियो ।
 
आन्तरिक उडान खुला भइसक्दा पनि काठमाडौं उपत्यका बाहिर जाने लामो दूरीका सार्वजनिक यातायात नखोल्नु ठीक नभएको बताउँदै महासंघले आपत्ति जनाउँदै आएको छ । लामो दूरीका सवारी नखोल्दा यात्रु महँगो भाडा तिरेर नाकानाकासम्म ओहोरदोहोर गर्ने गरेका छन् ।

यसरी यात्रा गर्न बाध्य बनाउँदा कोरोना संक्रमण अझ बढ्ने महासंघको ठम्याइ छ ।

salt training

कमेन्ट गर्नुहोस्