काठमाडौं, २४ जेठ– दक्षिण एसियामा आफ्नो प्रभाव विस्तार गरिरहेको चीन पाकिस्तानमा सैन्य बेस स्थापना गर्ने तयारीमा रहेको खबर चर्चामा आएको छ ।
अमेरिकी रक्षा विभाग पेन्टागनको रिपार्टका अनुसार भन्दै भारतीय मिडियाले पाकिस्तानमा चिनियाँ सैन्य बेस स्थापना हुन लागेको खबर प्रकाशन गरेका हुन् ।
भारतको चर्चित टेलिभिज ‘
आज तक’को अनलाइन संस्करणमा प्रकाशित
समाचारअनुसार चीन पाकिस्तानमा सैन्य बेस स्थापना गर्ने तयारीमा छ ।
अमेरिकी रक्षा विभागले मंगलबार सार्वजनिक गरेको रिपोर्टमा चीनले पाकिस्तानमा सैन्य बेस स्थापना गर्न लागेको विषयमा आशंका गरिएको छ ।
चीनले त्यसो गरे भारतका लागि सामरिक चुनौति बढ्न सक्ने भन्दै भारतीय मिडियाहरुले चिन्ताजनक रुपमा खबर प्रकाशन गरेका छन् ।
‘आज तक’को अनलाइन संस्करणमा भनिएको छ, ‘चीन अहिले विदेशमा आफ्नो धेरै भन्दा धेरे सैन्य बेस बनाउन कोशिश गरिरहेको छ ।’
समाचारमा भनिएअनुसार चीन लामो समयदेखि राम्रो सम्बन्ध रहेका देशमा सैन्य बेस स्थापना गर्ने अभियानमा छ ।