११ असार २०८३, बिहीबार

ओलीले खोजे भागबन्डा

कात्तिक २०, २०७४
ओलीले खोजे भागबन्डा
काठमाडौं, १४ पुस - प्रस्तावित संविधान संशोधन देशको एकता र अखण्डताविरुद्ध भएको अडनका साथ संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले वातावरण सहजीकरणका लागि न्यायालय, संवैधानिक अंगलगायतमा भागबन्डाको सर्त राखेको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ |kp oli
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन दलको बैठकमा संसद्को कारबाही अवरोध फिर्ता लिने स्पष्ट आश्वासन नदिए पनि प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले वातावरण सहजीकरणका लागि न्यायापालिकासहितका संवैधानिक अंगमा एमालेको प्रतिनिधित्व सुनिश्चितताको सर्त राखेका थिए ।

बैठकमा सत्ता गठबन्धनका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् अवरोध खुलाएर संसदीय कारबाहीमा भाग लिए सबै विषयको सम्बोधन हुने आश्वासन दिएको स्रोतले जानकारी दिएको छ ।
तर बैठकमा विपक्षी नेता ओलीले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद् कारबाही चल्न नदिने पुरानै अडान दोहोर्‍याएका थिए । ओलीले सत्ता पक्षले विपक्षीलाई गरेको निषेधको राजनीति त्याग्नसमेत आग्रह गरेका थिए ।
ओलीले संशोधन, स्थानीय निर्वाचन, अख्तियार प्रमुखविरुद्धको महाभियोमालगायतका विषयमा पनि मिलेर अघि बढ्न प्रस्ताव राख्दै भनेका थिए, ‘न्यायालय, संवैधानिक अंगलगायतको नियुक्तिमा पनि मिलौं ।'
जबाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक नियुक्ति प्योकजमा हुने आश्वासन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्