२६ जेठ २०८३, मंगलबार

सरकारको बचाउ गर्दै अनेरास्ववियूको प्रदर्शन

सरकारको बचाउ गर्दै अनेरास्ववियूको प्रदर्शन

सरकारको बचाउ गर्दै प्रधानमन्त्री समेत रहेका अनेरास्ववियूले बुटवलमा प्रदर्शन गरेको छन् ।

राजनीतिक निकासको लागि ताजा जनादेश अपरिहार्य रहेको भन्दै सत्तारुढ दल एमालेको भातृ संगठन अनेरास्ववियूले बुटवल बहुमुखी क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उनीहरूले वी वान्ट इलेक्सन (हामी निर्वाचन चाहन्छौं), पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता गर, बहुदलीय लोकतान्त्रिक प्रणाली माथिको आक्रमण स्वीकार्य छैन, विद्यार्थी र शिक्षकलाई खोप दिई पढाइ, परीक्षा र शैक्षिक सत्र सञ्चालन गर लगायतका नारा लेखिएका प्लेकार्ड लिएका थिए ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार अनेरास्ववियूले बुटवलमा पनि प्रदर्शन गरेको हो । उनीहरूले वी वान्ट इलेक्सन लेखिएको प्लेकार्ड लिएका थिए ।

कांग्रेस, माओवादी सहितको विपक्षी गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन् । प्रदर्शनमा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य सरोज पोखरेल, बालकृष्ण पाण्डे, रुपन्देही जिल्ला संयोजक साजन भण्डारी, सहसंयोजक शेषकान्त पोखरेल लगायतका विद्यार्थी सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्