१७ असार २०८३, बुधबार

कांग्रेसमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउनु पर्नेमा सबैको सहमति, नेतृत्वमा दाबी छाड्न कोही भएनन् राजी !

कांग्रेसमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउनु पर्नेमा सबैको सहमति, नेतृत्वमा दाबी छाड्न कोही भएनन् राजी !

नेपाली कांग्रेसमा आसन्न १४ औं महाधिवेशनमा संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउन भन्दै गृहकार्य शुरु भएको छ । कांग्रेस केन्द्रीय सदस्य अर्जुननंरसिह केसीको पहलमा शुक्रवार सभापतिका आकांक्षी सहित प्रभावशाली नेताको बैठकले साझा उम्मेदवार बनाउने बारे छलफल गरेको हो ।

बत्तीसपुतली स्थित एक पार्टी प्यालेसमा शुक्रवार भएको छलफलमा पार्टीमा रुपान्तरण आवस्यक भएकोले साझा उम्मेदवारी दिनेबारे सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् । शुक्रवारको भेलाको संयोजन गरेका केसीले साझा उम्मेदवार बनाउने बारे छलफल भएको बताए ।

‘चौधौं महाधिवेशन समयमै, निष्पक्ष र पारदर्शी होस भन्ने हाम्रो चाहना छ । सभापति शेरबहादुर देउवासहित सहमति भयो भने राम्रो सहमति भएन भने संस्थापन इतरबाट साझा उम्मेदवारीको विषयमा पनि छलफल भयो’ केसीले भने, ‘हामी साझा उम्मेदवार तय गर्ने प्रयत्नमा छौ, परिदृष्ट हेर्दै जानुस् सहमति होला ।’  

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, डा शेखर कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, सुजाता कोइराला लगायत उपस्थित थिए । कोइराला त्रय, पौडेल, सिंह लगायतले सभापतिमा उठ्ने बताएका छन् ।

केसीले सहमति नभए आफूपनि उम्मेदवार भएको बताए । शुक्रवारको बैठकमा सबैले साझा उम्मेदवार बनाउने भनेपछि कसैले कसैलाई छाड्न भने तयार भएनन् ।
आगामी दिनमा छलफल गरेर महाधिवेशन अगावै साझा उम्मेदवार बनाउने बारे छलफल हुने नेताहरुले बताएका छन । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्