१० असार २०८३, बुधबार

नजिकिँदै ‘मेलम्ची सपना’, सुन्दरीजल–सिन्धु खण्डको ब्रेक थ्रु

कात्तिक २०, २०७४
नजिकिँदै ‘मेलम्ची सपना’, सुन्दरीजल–सिन्धु खण्डको ब्रेक थ्रु
काठमाडौँ, १४ पुस - बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पहिलो र महत्वपूर्ण खण्डका रूपमा रहेको सुन्दरीजल–सिन्धु खण्डको बुधबार ब्रेक थ्रु (सुन्दरीजलदेखि सिन्धुसम्मको खण्डको सुरुङ जोड्ने काम सम्पन्न) भएको छ ।1482937876297_RS_KTM__161228161228_7982
तीन खण्डमा विभाजन गरी थालिएको सुरुङ निर्माणअन्तर्गत सुन्दरीजल–सिन्धुको साढे नौ किलोमिटर सुरुङ खन्ने काम पूरा भएको हो । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सो खण्ड खुल्नु सफलताको महत्वपूर्ण खुड्किलो भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए,आजको राजधानी दैनिकमा खबर छ | 'एउटा महत्वपूर्ण काम पूरा भएको छ,’ उनले भने ‘सुरुङको काम सकिएपछि अब भुइँमा कंक्रिट बिछ्याउने र गेट बनाउने काम गर्नेछौं,’ उनले भने । भट्टराईका अनुसार सो कार्य सम्पन्न गर्न अब धेरै समय लाग्दैन ।

salt training

कमेन्ट गर्नुहोस्