१७ असार २०८३, बुधबार

प्रचण्डलाई अर्को तनाव, माओवादी केन्द्रको दावीसहित भबिसोर पराजुली निर्वाचन आयोगमा

प्रचण्डलाई अर्को तनाव, माओवादी केन्द्रको दावीसहित भबिसोर पराजुली निर्वाचन आयोगमा

नेकपा माओवादी केन्द्र नामको पार्टी आफ्नो रहेको दावी गर्दै निर्वाचन आयोगमा एक निवेदन परेको छ । भबिसोर पराजुलीले पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने माग गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

उनको निवेदनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र बादलहरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्वतह आफूलाई आधिकारिकता दिन उनले माग गरेका छन् ।

बिहीबार माओवादीबाट एमालेमा प्रवेश गरेका पूर्वमाओवादीका नेताहरुले पनि प्रचण्ड नेतृत्वको माओवादी पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दिएका थिए । उनीहरुले लामो समय महाधिवेशन नभएको माओवादीको वैधानिकता नभएको दावी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्