०१ असार २०८३, सोमबार

सीमाबाट अफिम तस्करी गर्न युवतीको प्रयोग, प्रहरीले पक्राउ गरेपछि खुल्यो रहस्य

कात्तिक २०, २०७४
सीमाबाट अफिम तस्करी गर्न युवतीको प्रयोग, प्रहरीले पक्राउ गरेपछि खुल्यो रहस्य

बुटवल, २५ जेठ– नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ ।

नेपालबाट भारतीय बजारमा पुर्याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो ।

सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा संवेदनशील अङ्गमा लुकाएको अफिम फेला पारेको हो । पक्राउ पर्नेमा दाङ घोराहीकी २७ वर्षीया विषमाया बुढामगर, दाङ लालमटियाकी २१ वर्षीया सकुन्तला बुढामगर र सोही ठाउँकै १९ वर्षीया कामना पुनमगर रहेका छन् ।

दाङमा स्नातक तहमा अध्ययन गर्दै गरेका युवतीले अपरिचित व्यक्तिको फोनको इसारामा रु १५ हजार दिने सर्तमा बुटवलबाट सुनौलीसम्म अफिम पु¥याउने जिम्मा लिएको उनीहरुले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

बरामद गरेको अफिमको अन्तर्राष्ट्रिय मूल्य करिब रु दुई करोड ५० लाख पर्ने इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रवीन विष्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्