
पार्टी विवाद समाधानका लागि सहमतिमा पुगेको भनिएको नेकपा एमाले कार्यदलको बैठक शनिवार बस्दैछ ।
साढे २ बजेका लागि तय भएको बैठक सवा तीन बजे अनौपचारिक ढंगले शुरू भएको थियो ।
औपचारिक बैठक शुरु हुनुअघि माधव नेपाल पक्ष परामर्शका लागि भन्दै सिंहदरबारबाट बाहिरिएको छ ।
कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावल, सदस्यहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू सिंहदरबारबाट बाहिरिएका छन् ।
सचिव विष्टले आफूहरू छोटो परामर्श पछि बैठकमा सहभागी हुने जानकारी दिए ।
संस्थापन पक्षको कार्यदलका सदस्यहरू अर्थमन्त्रालयमै बसेका छन् ।
कार्यदलले पार्टी विवाद मिलाएको शुक्रवार दावी गरेको थियो ।
आजको बैठकले सहमति जुटेको विषयमा भाषा मिलाउने बताइएको थियो ।