२५ जेठ २०८३, सोमबार
एमाले विवाद

माधव नेपालसँग परामर्श गरेर फर्किए कार्यदलका सदस्य, कार्यदलको औपचारिक बैठक शुरू हुँदै

माधव नेपालसँग परामर्श गरेर फर्किए कार्यदलका सदस्य, कार्यदलको औपचारिक बैठक शुरू हुँदै

पार्टी विवाद समाधानका लागि सहमतिमा पुगेको भनिएको नेकपा एमाले कार्यदलको बैठक केही बेरमा शुरू हुँदैछ ।

दिउसो साढे २ बजेका लागि तय भएको बैठक माधव नेपाल पक्षका सदस्यहरू नेता नेपालसँग परामर्श गर्न गएपछि औपचारिक रुपमा शुरू हुन ढिला भएको हो ।

नेता नेपालसँग परामर्श गरेर नेताहरू सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेका छन् । कार्यदलका संयोजक भीम रावल, सदस्यहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरूले नेता नेपालसँग परामर्श गरेका थिए ।

कार्यदलले पार्टी विवाद मिलाएको हिजो दावी गरेको थियो । सहमतिको ड्राफ्टमाथि कार्यदलका सदस्यहरूले नेता नेपालसँग परामर्श गरेका हुन् । आजको बैठकले सहमति जुटेको विषयमा भाषा मिलाउने बताइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्