
मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौँ उपत्यकामा आज भारी वर्षा भएको छ । निरन्तरको वर्षाले काठमाडौँको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ । धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, मध्यपुरथिमिका कतिपय सडकमा पानी जमेको छ ।