
मनसुनी वायुको प्रभावका कारण आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ।
यस्तै आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित भारी भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ ।