०६ साउन २०८३, बुधबार

यी अभागी सुन्दरी, बढी सुन्दर भएपछि फिल्म खेल्न प्रतिबन्ध

कात्तिक २०, २०७४
यी अभागी सुन्दरी, बढी सुन्दर भएपछि फिल्म खेल्न प्रतिबन्ध

कम्बोडियाकी एक अभिनेत्रीलाई फिल्ममा काम गर्न यसकारण प्रतिबन्ध लगाइएको कि उनी धेरै सुन्दर र सेक्सी छिन् ।

यस्तो अजीब घटना बेहोर्नु परेको हो कम्बोडियाकी २४ वर्षीया डेनी क्वानले । डेनी एक अभिनेत्री हुन् । उनले यसअघि कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् ।



उनको देशको संस्कृति तथा ललित कला मन्त्रालयसँग उनको एक सेशन थियो । जसमा उनले मन्त्रालयको आचार संहिता उल्लङ्घन गरेको बताइयो ।



डेनीका सामाजिक सञ्जाल फेसबुकमा करीब तीन लाख पलोअर्स छन् । उनले भनेकी छन् कि फिल्महरुमा उनीद्वारा निभाइएका इरोटिक रोल (कामुक भूमिका) अन्य अभिनेत्रीहरुको भन्दा अलग छैन ।
जब मन्त्रालयले उनलाई बोलायो त्यहाँ उनलाई ‘छोरीको रुपमा’ सम्झाइयो । तर डेनीले भनिन् कि उनी आफूले चाहेजस्तो ड्रेस लगाउन स्वतन्त्र छिन् ।



तर मन्त्रालयका अधिकारीहरुले भने उनले खुला ड्रेस लगाएर मन्त्रालयको आचारसंहिताको उल्लङघन गरेको भन्दै फिल्म खेल्नमै रोक लगाइदिए ।

कमेन्ट गर्नुहोस्