०८ असार २०८३, सोमबार

आजै कुनै सहमति भएन भने पनि सर्वोच्च अदालतको आदेशपछि एमाले एकीकृत हुन्छ: वामदेव गौतम

आजै कुनै सहमति भएन भने पनि सर्वोच्च अदालतको आदेशपछि एमाले एकीकृत हुन्छ: वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले कार्यदलले आइतवार नै टुंगो लगाउन नसके पनि सर्वोच्च अदालतको आदेशपछि एमाले एक हुने बताएका छन् । 

आइतवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा गौतमले सर्वोच्चको आदेश आएपछि पार्टी विवाद मिल्ने बताएका हुन् । 

‘पार्टीभित्रको अन्तरविरोध समाधान गर्नका लागि कार्यदलले आजै ८ बजे खुशीको खबर सुनाउने भनेको थियो, त्यो खुशीको खबर सर्वोच्चको आदेशपछि लागू हुन्छ भनेर मैले यसअघि भनेको थिएँ, सर्वोच्चको निर्णयपछि हाम्रो पार्टी एकीकृत हुन्छ भन्ने लागेको छ,’ गौतमले भने । 

उपाध्यक्ष गौतमले पार्टीमा गएपछि जे भूमिका निर्वाह गर्छु भनेको त्यो प्राप्त गर्न नसकेको बताए । ‘वामदेव केपीतिर गयो भने, सो सभामार्फत् कुनैतर्फ गएको होइन, नेकपा एमाले भएको प्रमाण पेश गर्न गएको हो,’ गौतमले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्