०४ असार २०८३, बिहीबार

थ्री नेसन्स कपका विजेतालाई दिइयो जनही चार लाख नगद पुरस्कार

थ्री नेसन्स कपका विजेतालाई दिइयो जनही चार लाख नगद पुरस्कार

थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगदसहित पुरस्कृत गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, कीर्गिजस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गरेका हुन् । 

२३ खेलाडी र तीन प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए । 

गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । 

सोही नेपाली टोलीलाई जनही चार लाख नगदसहित पुरस्कृत गरिएको हो । 

यस्तै प्रशिक्षकलाई सरकारले नगद दुई लाख रूपैयाँ प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि पुगेका थिए । सोही क्रममा विजेतालाई पुरस्कार दिने घोषणा गरेका थिए । 

थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार लाख रूपैयाँ दिने निर्णय गरेको थियो । 

३७ वर्षपछि घरेलु भूमिमा उपाधि जितेको नेपालले यसअघि सन् १९८४ को सागमा घरेलु मैदानमै उपाधि जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्