
नेपालमै बनेर विश्वका विकसित २० मुलुकहरुका २०० भन्दा बढी विद्यालयहरु माझ प्रयोग हुँदै आएको प्रख्यात ई–लर्निङ प्लेटफर्म माई सेकेन्ड टिचरले ई–लर्निङ भिडियोहरुमा अभिनय गर्नका लागि प्रतिभाशाली कलाकारहरुलाई आमन्त्रण गरेको छ ।
छोटो समयमै विश्वस्तरका कैयौं अवार्डहरुद्वारा सम्मानित यस प्लेटफर्म हालसालै नेपालमा पनि सार्वजनिक गरिएको थियो र हाल २५ हजारभन्दा बढी विद्यार्थीहरुले प्रयोग गर्दै आएका छन् ।
यिनै विश्वभरका विद्यार्थी अनिशिक्षकद्वारा प्रयोग गरिने माई सेकेण्ड टिचरको ई–लर्निङ् भिडियोहरुमाशिक्षक र विद्यार्थीको भूमिका निभाउन माई सेकेण्ड टिचरले यस अडिसनको अवसर कलाकारहरुमाझ सार्वजनिक गरेको छ ।
अडिसनमार्फत् शिक्षक र विद्यार्थीको भूमिकानिर्वाह गर्न कूल २० कलाकारहरु छनोट हुनेछन् ।
त्यसमध्ये १० जनाले नेपाली पाठ्यक्रमअनुरुप ई–लर्निङ भिडियोहरुमाअभिनयगर्नेछन् भने बाँकी १० जनाले क्याम्ब्रिज पाठ्यक्रमअनुरुप इन्टरनेशनल ई–लर्निङ्ग भिडियोहरुमाअभिनयगर्नेछन् जुन ५० भन्दा बढी देशहरुमाप्रयोग हुनेछ।
हालमाई सेकेन्ड टिचरमा क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत IGCSE तहकाफिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथविषयका भिडियो रहेका छन् भने, नेपाली पाठ्यक्रमअन्तर्गत कक्षा १०को अंग्रेजी, विज्ञान, अनिवार्य गणित र अर्थशास्त्रका ई–लर्निङ् भिडियोहरु रहेका छन् ।
नेशनल तथा ईन्टरनेशनलाई–लर्निङ् भिडियोहरुमा शिक्षकको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको उमेर अनिवार्य रुपमा २५–४५ वर्षको बीचमा हुनुका साथसाथै विद्यार्थीको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको पनि उमेर अनिवार्य रुपमा १८–२५ वर्षको बीचमा हुनुपर्ने छ ।
नेपाली पाठ्यक्रममा अभिनय गर्ने कलाकारको नेपाली र अंग्रेजी भाषाको उच्चारणमा निपुणता हुनुपर्नेछ भने, क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रममा अभिनय गर्ने कलाकारको हकमा, अंग्रेजी भाषाको उच्चारण न्युट्रल या ब्रिटिश हुनुपर्नेछ ।
इच्छुक कलाकारहरुले श्रावण १ गते (१६ जुलाई) सम्म तल दिइएको लिंकमा गएर आवेदन दिन सकिनेछ ।
आवेदनका लागिः https://www.innovatetech.io/jobs/ मा जान सकिने छ ।