११ असार २०८३, बिहीबार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

आज देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि  स्थानहरुमा र  बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जनसहित  हल्कादेखि मध्यम  वर्षा भैरहेको छ।
यस्तै सोमबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२  स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको  सम्भावना पनि रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्