०९ असार २०८३, मंगलबार

सूर्य थापाको अभिव्यक्तिमा माधव नेपालको आपत्ति

सूर्य थापाको अभिव्यक्तिमा माधव नेपालको आपत्ति

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुक स्टाटसमा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन् ।
नेपालले सोमबार बिहान सामाजिक सञ्जामार्फत १० बुँदे सहमतिलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकारबाटै गलत ब्याख्या भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘हिजो राती नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या  मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु’ नेपालले भनेका छन् ।

थापाले १० बुँदे सहमतिसँगै अब शेरबहादुर देउवाको पक्षमा परमादेश नहुने रप्रतिनिधिसभा पुनर्स्थापना पनि नहुने जिकिर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्