०१ असार २०८३, सोमबार

भारु साट्न नेपालीको लागि विशेष व्यवस्था हुने

कात्तिक २०, २०७४
 भारु साट्न  नेपालीको लागि विशेष व्यवस्था हुने
नयाँदिल्ली, १४ पुस - भारतमा पुराना ५०० र १००० का नोट साट्ने समय सीमा सकिन २ दिनमात्र बाँकी रहँदा भारतले नेपाल र भुटानमा रहेका पुराना नोट त्यसपछि साट्न विशेष व्यवस्था गर्ने भएको छ, आजको कान्तिपुरले खबर छापेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा गरेको घोषणाअनुसार शुक्रबारदेखि पुराना नोट साट्न पाइने छैन । तर भारत सरकारले डिसेम्बर ३० देखि रिजर्भ बैंक अफ इन्डियाले तोकेका केही ठाउँमा मार्च ३१ सम्म नोट जम्मा गर्न सकिने जनाएको छ । त्यस पछाडि पनि पुराना नोट राखे कारवाही गर्ने कानुन भारतले बुधबार मात्र सार्वजनिक गरेको छ ।

भारतीय अधिकारीहरूका अनुसार समय सीमा सकिए पनि नेपाल र भुटानको हकमा भने केही विशेष व्यवस्थाको तयारी भइरहेको छ । यस अगाडि नेपालले पुराना भारु साट्न गरेको आग्रहमा भारतीय अधिकारीहरूले आफूहरूलाई पहिला आन्तरिक समस्या मिलाउनलाई समय दिन आग्रह गरेका थिए । भारतीय अधिकारीहरूले नेपाली पक्षलाई त्यो आफूहरूले समाधान गर्ने विषय भन्दै धेरै चिन्ता नगर्न भन्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्