×

NMB BANK
NIC ASIA

नयाँ स्टक एक्चेन्ज ल्याउन अर्थ मन्त्रालय र राष्ट्र बैंककै अनिच्छा, नेप्सेबाट हात झिक्दै सरकार

कात्तिक २०, २०७४

NTC
Premier Steels


काठमाडौं, २५ जेठ– पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्चेन्ज ल्याउने तयारी गरिरहँदा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेतले बोर्डको उक्त निर्णयप्रति विरोध जनाएका छन् ।

धितोपत्र बोर्डको रजत जयन्ती समारोहमा बोल्दै राजश्व सचिव राजन खनाल र राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नेपालमा नयाँ स्टक एक्चेन्ज आवश्यक नरहेको धारणा राखे ।

‘नयाँ स्टक एक्चेन्ज ल्याउँदा हाल भएकै स्टक एक्चेन्जलाई के गर्ने ? यतातिर पनि सोच्नुपर्छ,’ कार्यक्रममा बोल्दै राजश्व सचिव खनालले भने, ‘बरु, भएकैलाई थप बलियो बनाएर आवश्यक परे अर्को अर्को थपौं ।’

राष्ट्र बैंकका गभर्नर नेपालले नयाँ स्टक एक्चेन्ज ल्याउँदा थप विकृति बढ्ने तर्क गरे । ‘अहिले नै नयाँ स्टक एक्चेन्ज ल्याउँदा प्रतिस्पर्धाका कारण बजारमा शेयरको मूल्य ‘डिस्टोर्ट’ हुन सक्ने सम्भावना रहन्छ, यसले लगानीकर्तालाई नै अप्ठ्यारो हुन्छ ।’

विकसित मुलुकमा भइरहेका स्टक एक्चेन्ज पनि गाभिने (मर्जर)को प्रक्रियामा गइरहेका उदाहरण दिँदै उनले भने, ‘हाम्रो छिमेकी मुलुक भारतमै पनि दर्जनको संख्यामा क्षेत्रीय स्टक एक्चेन्ज थिए अहिले ती स्टक एक्चेन्ज मर्ज भएर दुई वटा हुँदै एउटैमा मर्ज हुने क्रममा छ,’ नयाँ स्टक एक्चेन्ज ल्याउन नहुनेमा उनको जोड थियो ।

नेप्सेबाट हात झिक्ने मनस्थितिमा सरकार

कार्यक्रममा राजश्व सचिव खनाल र राष्ट्र बैंकका गभर्नर नेपाल दुवैले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निजीकरणमा लैजानु आवश्यक रहेको धारणा राखे । ‘नेप्सेमा अहिले सरकारको ठूलो हिस्सा शेयर छ,’ राजश्व सचिव खनालले भने, ‘सरकार त्यहाँ रहेको शेयर न्यूनीकरण गर्न चाहन्छ ।’ हाल नेप्सेमा सरकारको झण्डै शतप्रतिशत शेयर हिस्सा छ ।

नेप्सेमा निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने उनको भनाई छ । निजी क्षेत्र नआएसम्म नेप्सेको सुधार नहुने ठोकुवासमेत उनले गरे । ‘नेप्सेमा कर्पोरेट सेक्टर आयो भने राम्रोसँग चल्ला, बरु त्यसपछि प्रतिस्पर्धीको रुपमा अर्को एक्चेन्ज ल्याउन सकिन्छ ।’ उनले थपे ।

राष्ट्र बैंकका गभर्नर नेपालले आर्थिक वर्ष (आव) २०७४÷७५ मा नेप्सेबाट सरकारले हात झिक्ने मनस्थिति बनाएको बताए ।

‘संस्थाले एउटा उचाई लिइसक्यो अब हामी त्यहाँ बसिरहनु जरुरी छैन,’ उनले भने, ‘यो पटक त हामी गर्ने मनस्थितिमै छौं ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x