
के. पी. पाण्डेय
जयन्ती भानु दिवस ठुलो सबैले मनाउ,
रामको गाथा पुस्तक पढी नेपाली रमाउ ।
घाँसिको भेट संयोग रहयो भानुनै उदाय,
लिएर अर्ति संकल्प गरे किर्तीनै फिजाए ।
धनिका धनी मनका ऊनी पुरुष बिशाल,
गरेर नाम राख्छुनै भन्ने अठोट हिमाल ।
रामको गाथा गाएर गए अक्षर अमर,
धर्मको ग्रन्थ पढेर भए सबैनै साक्षर ।
जीवन बुझे क्षणिक रैछ तबत लेखेका,
गरेर केही किर्तिनै राख्छु तबत भनेका।
दिएर गए शब्दका जल नदीझै बगने,
पढेर गए अक्षर सबै सागर पुगिने ।
अहिले जन बुझ्दैन मन भानुको इशारा,
बुझेमा तर्छ वारिको पारी जीवन किनारा ।
बालकोट, भक्तपुर