
नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ प्रति तोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
अघिल्लो दिन चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।