
अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता गएपछि उत्पन्न सम्भावित शून्यताका बावजूद चीनले अफगान शान्ति प्रक्रियाका लागि बहुपक्षीय वार्ता नै सबभन्दा सही तरिका भएको मान्यता राखेको छ ।
चीनको परराष्ट्र मन्त्रालयले केही समयअघि चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई छिटो उक्त देश छोड्न भनेको छ ।
पाकिस्तानसँग चीनको ७० वर्षको कूटनीतिक सम्बन्ध कायम भएको अवसरमा आयोजित एक कार्यक्रममा जुलाई ७ मा चीनका परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तानसँग क्षेत्रीय शान्ति कायम राख्न, कुराकानीका माध्यमले राजनीतिक
समाधान निकाल्नका लागि अफगानिस्तानका पार्टीको समर्थन गर्न, सुरक्षा जोखिमलाई छिमेकी मुलुकमा सर्न नदिन आग्रह गरेका छन् ।
चीनले अफगान मामिलामा सम्भवतः अहिलेको भन्दा बढी प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसर खोजेको छ ।
अफगानिस्तानको सत्ता गलत शक्तिले चलाउन थाल्यो भने उक्त देशमा मात्र नभई छिमेकी मुलुकमा पनि असर पर्ने कुरा चीनलाई राम्रोसँग थाहा छ । यसले चीनको स्वार्थमा पनि घात गर्न सक्छ ।
चीनले शांघाई सहयोग संगठन, चीन जोड मध्य एसिया (सी+सी५) र अफगानिस्तान–पाकिस्तान–चीनको त्रिपक्षीय वार्ताको व्यवस्था पनि यसैक्रममा गरिँदैछ ।
चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसनमा वरिष्ट अनुसन्धाता हु शिशेङले जुन ८ मा एउटा आलेख प्रकाशन गरेका छन् । त्यसमा उनले चीनको रचनात्मक हस्तक्षेपको कुरा उठाएका छन् ।
हुले विवादहरू सुल्झाउनका लागि कुराकानीको सुझाव दिएका छन् ।
यसले बल प्रयोगको विरोध गर्ने हुनाले यो वैध भएको अनि विषयमा उद्देश्यपूर्ण तथा निष्पक्ष दृष्टिकोण अपनाउने भएकाले रचनात्मक भएको पनि उनले बताएका छन् ।
जुन २२ मा पीएलए डेलीमा छापिएको लेखमा रिसर्च सेन्टर इन अफगानिस्तानका प्राध्यापक चो योङप्याओले चीन, पाकिस्तान र अफगानिस्तानबीचको त्रिपक्षीय समूह अन्य व्यवस्थाभन्दा राम्रो भएको र यसले निश्चित रूपमा पूरै इलाकामा स्थिरता ल्याउने बताएका छन् ।
चीनको सञ्चारमाध्यममा अफगानिस्तान बेल्ट यान्ड रोड इनिरिएटिभप्रति उत्सुक रहेको भनी लेखिएको छ ।
तर त्यहाँको सुरक्षा स्थितिमा यो परियोजनाको भविष्य टिकेको छ ।
चीनको मिडियाले अमेरिकी सेना निस्केपछि अफगानिस्तानमा तालिबान सत्तामा फर्किने सम्भावनाका बारेमा लेखिएको छ । त्यसैले शान्तिवार्तामा तालिबानलाई समावेश गर्दा मात्र त्यसको सफलता निश्चित हुने चीनको बुझाइ छ ।
तर चीनका केही विशेषज्ञहरूले सत्तामा आएपछि तालिबानले कस्तो दृष्टिकोण अपनाउने हो भनी शंका गरेका छन् ।
मे २ मा चीनको सरकारी समाचार संस्था सिन्ह्वाले अफगानिस्तानको स्थितिका विषयमा एउटा लेख छापेको छ । त्यसमा लान्चो विश्वविद्यालयका चो योङप्याओलाई उद्धृत गर्दै तालिबानले शान्तिवार्तालाई अन्तिम लक्ष्य भन्दा पनि रणनीतिक रूपमा हेरेको उल्लेख छ ।
त्यसो त तालिबानले आफू चीनका लागि खतरा नबने र पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलनलाई समर्थन नगर्ने आश्वासन दिएको छ । तर तालिबान चीनलाई गरेको वाचामा अडिन्छ कि अडिँदैन अहिल्यै भन्न गाह्रो छ ।