२५ जेठ २०८३, सोमबार

फ्रान्समा गुगललाई ५०० मिलियन युरो जरिवाना

असार २९, २०७८
फ्रान्समा गुगललाई ५०० मिलियन युरो जरिवाना

गुगललाई फ्रान्समा ५०० मिलियन युरो जरिवाना गरिएको छ । 

गुगललाई कपिराइट कानूनको उल्लंघनमा दोषी पाइएकाले ठूलो रकम जरिवाना गरिएको हो । गुगललाई अहिले विभिन्न देशहरूमा अदालतको सामना गर्नु परिरहेको छ । 

फ्रान्सको एन्टिट्रस्ट वाचडगले अल्फाबेट ओन्ड कम्पनीका लागि गुगललाई अस्थायीरुपमा आदेश नमानेकोमा पनि दोषी करार गरिएको छ, जसका लागि फ्रान्सका न्यूज पब्लिसर्सलाई उनीहरूको कन्टेन्टको प्रयोगका लागि मुआब्जा दिनुपर्ने छ । 

अमेरिकी टेक कम्पनी गुगललाई दुई महिनाको समय दिइएको छ । यो दुई महिनामा एउटा प्रस्ताव पेश गर्नुपर्नेछ, जसमा ती न्यूज एजेन्सी र अन्य पब्लिसर्सलाई न्यूज कन्टेन्ट प्रयोग गरेबापत् कसरी मुआब्जा दिने भन्ने विषय समेटिनुपर्नेछ ।

यदि गुगलले यस्तो नगरे उसलाई प्रतिदिन ९ लाख युरो अतिरिक्त जरिवाना तिर्नुपर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्