×

NIC ASIA

देशवासीका नाममा सम्बोधन

एकछिन बादल लागेको छ, बादल हटाएर फेरि सूर्य उदाउने छ : ओली

असार २९, २०७८

Prabhu Bank
NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतको फैसलाले एकछिन बादल लागेको भए पनि बादल हटाएर फेरि सूर्य उदाउने बताएका छन् ।

Muktinath Bank

मंगलवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले पार्टीका नेता कार्यकर्तालाई धैर्यता राख्न र आत्मविश्वास कम हुन नदिन आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘अदालतको फैसला अनुचित छ, हाम्राविरुद्ध छ । जे भए पनि अदालतको फैसलालाई मानेर, कार्यान्वयन गरेर अगाडि बढ्छौं ।’


Advertisment
Nabil box
Kumari

प्रतिपक्षमा रहेर भएपनि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा हाम्रो काँधमा रहेको ओलीले बताए । ‘सबै पार्टीका कार्यकर्ता, युवा पिँढीलाई भन्न चाहन्छु – हाम्रा सन्ततिले कठोर संघर्ष गर्न नपरोस्,’ ओलीले भने ।

Vianet communication

ओलीले अब समयमै निर्वाचन हुनेमा शंका रहेको बताए । उनले पुनःस्थापित प्रतिनिधिसभा बाँकी अवधि चलोस् भनेर शुभकामना दिएका छन् ।

‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ, समयमा निर्वाचन होस्, मलाई शंका छ,’ उनले भने, ‘लोकतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ । राष्ट्रिय आवश्यकतातिर सबैको ध्यानाकर्षण गराउन चाहन्छु । हामी कुनै उन्मादमा जानु आवश्यक छैन, निराश हुनु पनि आवश्यक छैन ।’

देशका घटनाक्रम र पात्रले शंका उब्जिएको ओलीले बताए । ‘जे जस्ता घटना हुँदैछन् – संसद रहला, अब बन्ने सरकार सही–सलामत अगाडि बढ्ला शंकै छ । यसमा परिचित पात्रहरू छन्, ती पात्रका इतिहास र भूमिका देश र जनतालाई थाहा छ, मैले भनिराख्नु पर्दैन,’ उनले भने, ‘आजको आवश्यकता एकतावद्ध भएर जानुपर्ने थियो । राष्ट्रिय सार्वभौमसत्ता र स्वाधिनतालाई सबल बनाउँदै जानुपर्ने आवश्यक थियो । तर त्यस्तो हुन सकेन ।’

ओलीले सरकारबाट बाहिरिएर जाँदाजाँदै सरकारले कोरोना भाइरस विरुद्धको खोप पर्याप्त जुटाएको विवरण सुनाएका छन् । ओलीले १ करोड ५० लाख डोज खोप सुविधा मूल्यमा आएको र आउने क्रममा रहेको बताए । उनले बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज खोप समेत खरिद प्रक्रियामा रहेको बताए ।

ओलीले भारत, चीन, अमेरिका, जापान, अस्ट्रेलिया, कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप प्राप्त भएको बताए ।

‘अब खोपको अभाव छैन, पर्याप्त छ,’ उनले भने, ‘अब अर्काे सरकारले ल्याइदिएका खोप लगाउन थालेर आजै ल्याएका हुन् कि खोप जस्तो प्रचार गर्दैछन्, मलाई प्रचारको कम्पटिसन गर्नु छैन ।’

ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताए ।

सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’

सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको ओलीले बताए । ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्रति इमान्दारिताका साथ समृद्धि, सुशासन, विकासलाई ध्यान राखेर काम गरेको छु,’ उनले भने ।

उनले एउटै दलका सदस्य सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना लोकतन्त्रमा नगरिने बताए । ओलीले सर्वाेच्चको अपब्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गरेको बताए ।

सर्वाेच्चले धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसला गरेपछि ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । 

‘यस राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्नेछ । अत्याधिक न्यायिक सक्रियता देखियो,’ उनले भने ।

ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्दै सर्वाेच्च अदालतले गरेको फैसलाको भाषाले चिन्तित तुल्याएको बताए । उनले सर्वाेच्चको फैसलाका असर लामो समयसम्म रहिरहने बताए ।

‘लोकतन्त्रको रक्षामा यी फैसला सहयोगी रहे कि असहयोगी ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? यसको समीक्षा भविष्यले गर्ने नै छ,’ उनले भने ।

फैसलाको पालना गर्ने विषयमा पार्टी स्पष्ट रहेपनि फैसलाको भाषाले चिन्तित तुल्याएको उनले बताए । निर्वाचन लोकतन्त्रको प्राणवायु भएपनि जनतामा जाने कार्यलाई निरंकुश भन्ने प्रचारबाजी भएको गुनासो उनले गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x