२६ जेठ २०८३, मंगलबार

लिदीका पहिरोपीडितलाई अस्थायी घर

लिदीका पहिरोपीडितलाई अस्थायी घर

सिन्धुपाल्चोक जुगल गाउँपालिका-२, लिदीमा पहिरोबाट विस्थापितका लागि अस्थायी आवास निर्माण गरिएको छ । 

पालमा बसिरहेको २८ परिवार र विपद्को जोखिममा रहेका अन्य घरपरिवारका लागि नेपाली सेनाले १३ वटा अस्थायी वासस्थान निर्माण गरेको हो । 

२०७७ साउन ३० गते सिन्धुपाल्चोक जुगल गाउँपालिका–२, लिदीमा पहिरोले क्षति गरेको थियो । 

सेनाले जुगल गाउँपालिका, नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइको सहयोगमा वासस्थान निर्माण गरिएको जनाएको छ । 

सेनाका अनुसार कुल ४५ वटा अस्थायी घर बनाउने योजना छ, त्यसका लागि सम्पूर्ण निर्माण सामग्री जुगल गाउँपालिकाले उपलब्ध गराएको छ । प्राविधिक सहयोग पुनर्निर्माण प्राधिकरणले गरेको र सेनाको दक्ष जनशक्तिसहितको ५१ जनाको टोली परिचालन गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्