
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नियुक्त गर्दा संविधान 'कोट' नगरिएकोमा चासो व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा 'कोट' नगरेकाले त्यसलाई सच्याउनुपर्ने अडान देउवाको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा कोट गर्नुपर्ने आफूहरूको अडान रहेको बताए ।
‘संविधानको धारा कोट गरेर प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने हाम्रो अडान छ,’ लेखकले लोकान्तरसँग भने ।
राष्ट्रपति विद्या भण्डारीका मिडिया विज्ञ टीका ढकालले भने राष्ट्रपतिको विज्ञप्तिमा देउवाले कुनै असहमति नराखेको दाबी गरे ।
‘कुनै विवाद छैन, केहीबेरमा शपथ हुन्छ’ ढकालले लोकान्तरसँग भने ।