
नेपाली कांग्रेसले थोरै सच्चिएरै सहकार्य गर्न राष्ट्रपतिलाई सन्देश दिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेख्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको पत्र सच्याउन आग्रह गरेका छन् ।
राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा नै उदृत नगरी सर्वाेच्चको फैसला बमोजिम नियुक्त गरिएको भनेपछि विवाद उत्पन्न भएको छ ।
प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननीय राष्ट्रपतिज्यू ! पत्र सच्चिने कुरा मात्रै होइन, प्रवृत्ति सच्चिने प्रधान कुरा हो । सर्वोच्च फैसलाले सरकार बदल्न मात्र होइन, यहाँ संरक्षकलाई बदलिन समेत आदेश दिएको विषयलाई विनम्रसँग आत्मसात गरौं । जय नेपाल !’
अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननिय रास्ट्रपतिज्यु l पत्र सच्चिने´को कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 13, 2021
सर्वोच्च फैसलाले `सरकार बदल्न´ मात्र होइन,
यहाँ `संरक्षकलाई बदलिन´ समेत आदेश दिएको बिषयलाई विनम्रसँग आत्मसात गरौं l जय नेपाल l pic.twitter.com/izpI8lFrVN