०१ असार २०८३, सोमबार

देउवाको शपथको पर्खाइमा पूर्व प्रधानमन्त्रीहरू, हेर्नुहोस् तस्वीर

देउवाको शपथको पर्खाइमा पूर्व प्रधानमन्त्रीहरू, हेर्नुहोस् तस्वीर

राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनीयताको शपथको पर्खाइ भइरहेको छ ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७६(५) उल्लेख नभएपछि शपथमा ढिलाइ भइरहेको छ ।

देउवालाई सर्वाेच्च अदालतको संवैधानिक इजलासको फैसला बमोजिम नियुक्त गरिएको व्यहोरा विज्ञप्तिमा उल्लेख छ ।

शपथ कार्यक्रम हुने समारोहमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई लगायत उपस्थित भएर पर्खाइमा रहेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि उनी प्रधानमन्त्री नियुक्त भएका छन् । तर नियुक्ति सम्बन्धमा जारी विज्ञप्तिको व्यहोरामा विवाद भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्