०७ असार २०८३, आइतबार

बालुवाटार छाड्दै ओली, युवा संघले स्कटिङ गरेर बालकोट पुर्‍याउने

बालुवाटार छाड्दै ओली, युवा संघले स्कटिङ गरेर बालकोट पुर्‍याउने

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।

सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका ओलीले आइतवार बिहान बालुवाटार छाड्न लागेका हुन् । 

एमाले अध्यक्ष ओलीलाई युवा संघका कार्यकर्ताले स्कटिङ गरेर बालुवाटारबाट बालकोट पुर्‍याउने तयारी गरेका छन् । बिहान ११ बजेपछि ओली बालुवाटारबाट बालकोट प्रस्थान गर्ने तयारी छ ।

एमाले केन्द्रीय सदस्य महेश बस्नेतले मोटरसाइकल र गाडीको स्कटिङमार्फत ओलीलाई बालकोट निवासमा पुर्‍याइने जानकारी दिए । प्रधानमन्त्री नियुक्त भएपछि ओली २०७४ फागुनमा बालुवाटार सरेका थिए ।

ओलीले प्रधानमन्त्री कार्यालयमा मंगलवार कर्मचारीसँग बिदावारी भइसकेका छन् । 

कमेन्ट गर्नुहोस्