१२ असार २०८३, शुक्रबार

अन्तरिक्षमा मार हान्ने हतियार विकसित गर्दै चीन, अमेरिकाले दियो चेतावनी

असार ३०, २०७८
अन्तरिक्षमा मार हान्ने हतियार विकसित गर्दै चीन, अमेरिकाले दियो चेतावनी

चीनले अन्तरिक्षमा मार हान्ने हतियार द्रुत गतिमा विकसित गरिरहेको चेतावनी अमेरिकाको रक्षा मन्त्रालयले दिएको छ । 

चीन र अमेरिकाबीच अन्तरिक्ष प्रविधिमा भएको असमानता कम गर्नका लागि चीनले महत्त्वपूर्ण हतियारमा पनि काम गरिरहेको पेन्टागनले जनाएको छ । 

चीनको एन्टी स्याटेलाइट वेपनले पृथ्वीको तल्लो कक्षबाट नै भूउपग्रहहरूलाई तारो बनाउन सक्छ । तर अहिले विकसित हतियारले त्यसभन्दा पनि माथिको उचाइमा आक्रमण गर्न सक्षमता हासिल गर्नेछ । 

भूउपग्रहलाई जाम तथा नष्ट गर्ने क्षमता भएका हतियारमा चीनले विशाल लगानी गरिरहेको छ । यस्ता किसिमका हतियारले अमेरिकाको राष्ट्रिय सुरक्षामा तत्काल खतरा उत्पन्न गर्न सक्नेछन् । 

ट्रम्प प्रशासनले यूएस स्पेस फोर्स गठन गरेपछि चीन आक्रामक तरिकाले अन्तरिक्षमा मार हान्ने हतियार विकसित गरिरहेको छ । 
 

पेन्टागनको इन्डो प्यासिफिक कमान्डका शीर्ष गुप्तचर अधिकारी रियल एडमिरल माइकल स्टडम्यानले चीनको हतियार भूउपग्रहलाई खसाउन सक्षम रहेको बताए । चिनियाँहरू अमेरिकीहरूको अन्तरिक्ष क्षमतामा निगरानी गरिरहेको र अघि बढ्न चाहेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्