०३ साउन २०८३, आइतबार

पाकिस्तानको कोहिस्तानमा बम विस्फोट, १० जनाको मृत्यु

असार ३०, २०७८
पाकिस्तानको कोहिस्तानमा बम विस्फोट, १० जनाको मृत्यु
फाइल तस्वीर

पाकिस्तानको उत्तरपश्चिममा रहेको माथिल्लो कोहिस्तानमा बुधवार बिहान सडकछेउमा रोकिरहेको एक बसमा बम विस्फोट गरिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । 

घटनामा ३९ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । 

घटनामा चारजना चिनियाँ पनि मारिएको बताइएको छ । 

घटना कसले र किन गराएको हो भन्ने खुलिसकेको छैन । 

उद्धार कार्य जारी छ । प्रहरीले घटनाको अनुसन्धान पनि गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्