२८ जेठ २०८३, बिहीबार

भारतका बुद्धिजीवी लेख्छन्– नेपालको राजनीतिमा भारत नमुछिएकै राम्रो

असार ३०, २०७८
भारतका बुद्धिजीवी लेख्छन्– नेपालको राजनीतिमा भारत नमुछिएकै राम्रो

सर्वोच्च अदालतको परमादेशमार्फत शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि भारतको थिंकट्यांक भारतीय विदेश नीति परिषद्का अध्यक्ष वेदप्रताप कौशिकले नेपालको राजनीतिमा भारत मुछिन नहुने धारणा व्यक्त गरेका छन् । 

भारतीय पत्रिका दैनिक भास्करमा लेख लेख्दै उनले देउवा प्रधानमन्त्री त बने तर उनको सरकार कति दिन टिक्ला र भनी प्रश्न गरेका छन् । 

देउवाले संसदमा विश्वासको मत जुटाउन कठिन रहेको कुरालाई स्मरण गर्दै दललाई नभई प्रत्येक सांसदलाई मनाउनुपर्ने बाध्यता देउवालाई रहेको उनी उल्लेख गर्छन् । 

नेपालको आन्तरिक राजनीतिबाट भारत अलग्गै बसेको ठीक भएको कौशिकको टिप्पणी छ । अहिले असमञ्जसको स्थितिमा रहेको नेपालको राजनीतिमा जोडतोडको भन्दा पनि जनताले दिएको स्पष्ट बहुमतका आधारमा सरकार बन्नुपर्ने उनले लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्