२६ जेठ २०८३, मंगलबार

ओली बालकोट फर्किँदै गर्दा कार्यकर्ताद्वारा माधव नेपालविरुद्ध चर्को नाराबाजी

ओली बालकोट फर्किँदै गर्दा कार्यकर्ताद्वारा माधव नेपालविरुद्ध चर्को नाराबाजी

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार छाडेर बालकोटस्थित निवास फर्किंदै गर्दा कार्यकर्ताले एमाले वरिष्ठ नेता माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

एमालेको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थाको मुख्य जिम्मेवार नेता नेपाल रहेको भन्दै र्‍यालीका सहभागीहरूले माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।

एमाले कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध पनि नाराबाजी गरेका छन् ।

अबिरल वर्षाका बावजुद एमाले भातृ संगठन युवा संघले बालुवाटारदेखि बालकोटसम्म मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीबाट पदमुक्त भएका ओलीले मंगलवार सरकारी निवास छाडेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्