२७ जेठ २०८३, बुधबार

‘नो अब्जेक्सन लेटर’ नबोक्ने नेपालीलाई हवाईयात्रा निषेध

कात्तिक २०, २०७४
‘नो अब्जेक्सन लेटर’ नबोक्ने नेपालीलाई  हवाईयात्रा निषेध
काठमाडौँ, २६ जेठ- भारत र श्रीलंकास्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जाँदै हुनुहुन्छ भने अब अनिवार्य नो अब्जेक्सन लेटर (स्वीकृतिपत्र) बोक्नुस् । साथमा नो अब्जेक्सन लेटर छैन भने भारत र श्रीलंकाका कुनै पनि विमानस्थलले तपार्इंलाई तेस्रो मुलुकका लागि हवाईयात्राको अनुमति दिने छैनन् ।adhyagaman-625x405

वैदेशिक रोजगारी, भ्रमण तथा अध्ययन भिसाका नाममा नेपालस्थित त्रिभुवन विमानस्थलको साटो छिमेकी मुलुकका विमानस्थल प्रयोग गरी विदेशमा मानव तस्करी बढेपछि अध्यागमन विभागसहित सरोकारवालाको संयन्त्रले कूटनीतिक पहलमार्फत सम्बन्धित मुलुकलाई कडाइ गर्न आग्रह गर्ने निर्णय गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालका अनुसार यो नयाँ नियम होइन । तर, कार्यान्वयनमा कडाइ गर्न नसक्दा भारत तथा अन्य छिमेकी मुलुकका विमानस्थल प्रयोग गरी ठूलो संख्यामा नेपाली बिदेसिने गरेका छन्, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्