१५ असार २०८३, सोमबार

उपभोक्ता ठगिने क्रम बढ्दो, नापतौल नै नगरी सामान बिक्री

कात्तिक २०, २०७४
उपभोक्ता ठगिने क्रम बढ्दो, नापतौल नै नगरी सामान बिक्री

काठमाडौँ, २६ जेठ– नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया जारी राखेको छ ।

कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले भने, ‘धेरै व्यापारीले नापतौल चेकजाँच नै नगरी सामान बिक्री वितरण गरेको पाइयो, त्यस्तोलाई कारबाही अगाडि बढाएका छौँ ।’

कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चेकजाँच र नयाँ अनुमति वितरणबाट रु ९८ लाख सात हजार ७३८ राजस्व सङ्कलन गरेको छ । १० हजार ५७८ साधन चेकजाँच तथा नयाँ अनुमति वितरणबाट उक्त राजस्व सङ्कलन भएको हो ।

कार्यालयले नापतौल यन्त्र नयाँ अनुमति तथा इजाजत वितरण, नापतौल यन्त्र चेकजाँच, पेट्रोलियम पदार्थ वितरण पम्प चेकजाँच, सवारी ट्याङ्क जाँच लगायत कार्य गर्दै आएको छ ।

यस्तै वैशाख महिनामा काभ्रेपलाञ्चोक जिल्लामा ३५० फर्म, काठमाडौँको वनस्थलीमा १० फर्म र बूढानीलकण्ठ तथा वसुन्धरा क्षेत्रमा सातवटा फर्म अनुगमन गरी नियम विपरीत सञ्चालन गरेको भन्दै रोक्का गरिएकोे थियो ।

salt training

कमेन्ट गर्नुहोस्